९ मंसिर २०८१, आईतवार
सभामुख देवराज घिमिरेले संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन संसदीय समितिका सभापतिहरूलाई निर्देशन दिएका छन् ।
मङ्गलबार भएको संसदीय समितिका सभापति र प्रमुख दलका सचेतक तथा प्रमुख सचेतकहरूसँगको छलफल छलफलमा सभामुखले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका हुन् ।
उक्त छलफलमा अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले गुनासो गरेका थिए ।
बैठकमा कानुनमन्त्रीसहित उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी थिए ।