९ मंसिर २०८१, आईतवार
एनआईसी एशिया बैंक लिमिटेडले नेपाल भित्र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि बस्तु तथा सेवा खरिद गर्दा बिभिन्न क्यास छुट दिने योजना सार्वजनिक गरेको छ। एनआइसी एशियाले भिषाको सहकार्यमा पिओएस मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्म खरिद रकमका अनुसार ग्राहकले छुट पाउनेछन्। पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको छुट पाउने बैंकले बताइएको छ।
प्रथम कारोबारमा कारोबार रकमको २ प्रतिशत वा बढिमा रु १०० छुट पाउनेछन्। त्यसैगरी दोस्रो कारोबारमा रकमको ४ प्रतिशत वा बढिमा रु. २०० छुट पाउने बताइएको छ।
त्यस्तै तेस्रो कारोबारमा रकमको ६ प्रतिशत वा बढिमा रु. ३०० ग्राहकले छुट पाउनेछन्। चौथो कारोबारमा रकमको ८ प्रतिशत वा बढिमा रु. ४०० क्यास ब्याक पाउने तथा पाँचौ कारोबारमा कारोबार रकमको १० प्रतशित वा बढिमा रु. ५०० प्रति महिनामा कारोबारको आधारमा क्यास ब्याक पाउने बैंकको बिज्ञप्तिमा उल्लेख छ।