९ मंसिर २०८१, आईतवार
सहकारी रकम हिनामिना प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध जारी राखेको छ । बिहीबार पोखराका विभिन्न स्थानमा रास्वपाका नेता तथा कार्यकर्ताले धर्ना र विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले निर्दोष रवि फसाउने, सक्दै सक्दैनौ, सहकारी बचतकर्ताको रकम फिर्ता गर, भ्याट छल्नेहरुलाई कारबाही गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
यसैबीच रास्वपाले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । पोखरामा जनस्तरबाट सोचेजस्तो समर्थन नदेखिएपछि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने जनाएको हो ।