९ मंसिर २०८१, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको हो । कार्यबाहक प्रवक्ता मनिष झाले सरकारको गलत कदमको विरोधस्वरुप आजपनि प्रदर्शन जारी रहने बताए ।
सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै रास्वपाले यस विषयमा निष्पक्ष छानबिनको मागसहित गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो । सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।