९ मंसिर २०८१, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूले आफूहरूको आन्दोलन दबाउन सरकार लागिपरहेको प्रतिक्रिया दिएका छन् ।
मङ्गलबार बालुवाटारमा जारी आन्दोलनका क्रममा उनीहरूले यस्तो बताएका हुन् । आन्दोलन स्थलबाटै रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने, “आन्दोलन दबाउन सरकार लागिपरेको छ ।”
अगाडि उनले भने, “भ्रष्टाचार गर्न पाइँदैन कि भनेर सरकार डराएको छ । यो देशमा भ्रष्टाचार मात्रै छैन, महाभ्रष्टाचार छ । त्यसलाई तह लगाउने हामी हौँ ।”
उनले रास्वपा आफैँ एउटा आन्दोलन भएको दाबी गरे । “रास्वपा आफैँमा आन्दोलन हो । यो स्थापनापछि भ्रष्टाचारीहरूको निन्द्रा हराएको छ । त्यसमध्ये एक रवि लामिछाने हुन्,” उनले भने ।