९ मंसिर २०८१, आईतवार
अजोड इन्स्योरेन्स लिमिटेड ग्रान्डि इन्टरनेशनल हस्पिटल बीच नगद रहित उपचार सेवा सम्बन्धी
सम्झौता भएको छ । उक्त सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक डा. चक्रराज पाण्डे तथा अजोड
इन्स्योरेन्स लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द थापा ले सहमती पत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले
हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा ग्रान्डी इन्टरनेशनल हस्पिटलबाट
क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन । अजोड इन्स्योरेन्स लिमिटेडले
स्वास्थ बीमामा जोड दिएको र भविष्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमा बारे सचेतना बृद्धि गर्ने
उद्धेश्यले उतm सम्झौता गरेको जनाएको छ । देशैभरीका प्रमुख अस्पतालसंग सम्झौता गर्ने उद्देश्यका
साथ बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र बांकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने
अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।