९ मंसिर २०८१, आईतवार
पटाका पड्काउँदा झापाको दमकमा एक जना बालक घाइते भएका छन् । पटाका पड्काउँदा मंगलबार अपराह्न दमक नगरपालिका–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल घाइते भएका हुन् ।
उनको अनुहारमा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते भएका बालकको उपचारको लागि लाइफ लाइन अस्पताल दमकमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि भारतको सिलगुडी रिफर गरिएको प्रहरीले जनाएको छ ।