९ मंसिर २०८१, आईतवार
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्व सभापति सुरेश आचार्य सिफारिस भएका छन् ।
सभामुख देवराज घिमिरे नेतृत्वको सिफारिस समितिले आचार्यलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
यसअघिका आयोग पदाधिकारीको कार्यकाल सकिनुअघि नयाँ सिफारिस गर्ने क्रममा आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।
आचार्य नेपाली कांग्रेसको प्रचार प्रसार विभाग तथा नीति प्रतिष्ठानको सदस्य सचिव भइसकेका छन् ।
त्यस्तै आयुक्तमा सिफारिस भएका गगन विष्ट नेकपा एमाले प्रचार विभाग सचिव हुन् । दुर्गा भण्डारी पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिलको अध्यक्ष नियुक्त भएर अदालतको आदेशबाट पदबहाल हुन पाएकी थिइनन् । भण्डारी एमाले पनि एमाले निकट हुन् ।