९ मंसिर २०८१, आईतवार
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन्।
यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारी सिफारिस भएका छन्।
आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। विष्ट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् भने भण्डारी प्रेस काउन्सिलकी सदस्य हुन्।
आचार्य नेपाली कांग्रेस तथा विष्ट र भण्डारी एमालेको कोटाबाट सिफारिस भएका हुन्।
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ।