८ मंसिर २०८१, शनिबार
मंगलबार ०.२१ अंकले घटेको नेप्सेले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार पनि नेप्से सूचक १.८८ को झिनो अंकले घटेको हो।
१२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो । औसतमा ठूला पूँजी भएका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव परेको हो । तिहारपछि खुलेका दुई दिन नै बजारमा झिनो गिरावट देखिएको छ ।
कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो ।
होटल तथा पर्यटन समूह ०.७५, बैंकिङ ०.१६, लगानी ०.३७, जीवन बीमा ०.१३, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.८७ र अन्य समूह सूचक ०.१४ प्रतिशत घटे । त्यस्तै म्युचुअल फन्ड १.०९, व्यापार ०.२९, हाइड्रोपावर ०.४६, फाइनान्स ०.७९ र विकास बैंक समूह ०.७३ प्रतिशत बढे ।
नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ९.१, समृद्धि फाइनान्सको ८.७, राप्ती हाइड्रोको ७.८ प्रतिशत मूल्य बढ्यो ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.५ प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.२, समाज लघुवित्तको ६.२, युनाइटेड मोदीको ४.०३ तथा सुपरमादी हाइड्रोको ३.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर, समृद्धि फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।