३० कार्तिक २०८१, शुक्रबार
नेपाल तरुण दलको सोमबार देशै भरी बिरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौमा दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय बबरमहल अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले नेपाल तारालाई बताए ।
वाइडबडी जहाज खरिदमा गरीएको अकुत भ्रष्टाचार, रास्ट्रपति लाई १८ करोडको गाडी लगायत सरकारी निकायमा देखिएको भ्रस्टाचार, महङ्गी र निर्मला पन्तका बलात्कारी र हत्यारा हरुलार्इ कडा भन्दा कडा कार्बाहिको माग गर्दै नेपाल तरुण दलले आज देशै भरी विरोध प्रदर्सन गर्ने भएको हो ।