८ मंसिर २०८१, शनिबार
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बैठक जारी छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन र पार्टी संगठनको विषयमा बैठक केन्द्रित हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सबै स्थानीय तहमा सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।
त्यसबारे पनि आजको बैठकमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।