८ मंसिर २०८१, शनिबार
ज्यान मुद्धामा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री दीपक मनाङेलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको छ।
मंगलबार बिहान स्वयम्भू क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनी ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट एक साताअघि दोषी ठहर भएका थिए । सर्वोच्च अदालतले यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको हो । उच्च अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
त्यसविरुद्ध गुरुङ सर्वोच्च गएकोमा माग दाबी नपुग्ने फैसला भएको हो । गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले चक्रे मिलन मिलन गुरुङलाई खुँडा प्रहार गरेको घटनामा यो फैसला भएको हो ।