९ मंसिर २०८१, आईतवार
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको कतार एयरवेजको विमान अवतरण भएको छ । मंगलबार दोहाबाट आएको वाइड बडी जहाज अवतरण गरेको हो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जहाजमा सवार ३३ यात्रुमध्ये एक जना भैरहवा झरेको बताए । बाँकी ३२ जना काठमाडौँ आउने छन् ।
कतार एयरवेजले दोहा-भैरहवा-काठमाडौं रुटमा दैनिक उडान सुरु भएको छ ।