३० कार्तिक २०८१, शुक्रबार
संवैधानिक परिषदको बैठक स्थगित भएको छ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सहित अन्य आयोगका विषयमा छलफल गर्न बसेको बैठक सुरु हुनासाथ स्थगित भएको हो ।
संवैधानिक परिषद्का सदस्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तताले देखाउदै बैठकबाट बाहिरिएपछि बैठक सथगित भएको बताइएको छ ।
न्याय परिषदले सर्वोच्चका न्यायधीशहरु दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि सिफारिस गरेर पठाएको छ।
अर्को बैठक मंसिर २२ गते बस्ने समेत बताइएको छ ।