चार महिनामा सरकारी आम्दानी ३ खर्ब २९ अर्ब, खर्च ४ खर्ब १५ अर्ब

होमल्याण्ड खबर

२०८१ मंसिर २ गते, आईतवार १३:४६ मा प्रकाशित

चालु आर्थिक वर्ष २०८१–८२ को साउन–कात्तिकको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।

यो चार महिनाको अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क छ । जुन आम्दानी वार्षिक लक्ष्यको २२।३६ प्रतिशत हो ।

यो आम्दानी राजस्व, अनुदान र अन्य गरेर सरकारलाई प्राप्त भएको हो । चार महिनामा सरकारलाई अनुदान प्राप्त भएको छैन । चालू आवमा सरकारले ५२ अर्ब ३२ करोड अनुदान लिने लक्ष्य राखेको छ ।

यही अवधिमा सरकारी खर्च भने ४ खर्ब १५ अर्ब २ करोड भएको छ । सरकारले साउन–कात्तिक महिनामा २ खर्ब ९२ अर्ब ५२ करोड चालु खर्च गरेको छ ।

यही अवधिमा ३४ अर्ब ५३ करोड १० लाख पुँजीगत खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ८७ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क छ ।