सुनको मुल्य प्रतितोलामा एक लाख ६५ हजार ५०० पुग्यो

होमल्याण्ड खबर

२०८१ मंसिर ७ गते, शुक्रबार १२:१६ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।