प्रतिनिधिसभाका सचिव अधिकारीले ५ महिना नपुग्दै दिए राजीनामा
होमल्याण्ड खबर
२०८१ मंसिर ९ गते, आईतवार १३:४८ मा प्रकाशित
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए ।