सेयर बजार २६६७ अंकमा झर्‍यो, घट्यो कारोबार

होमल्याण्ड खबर

२०८१ मंसिर ९ गते, आईतवार १६:२६ मा प्रकाशित

साताको पहिलो दिन आइतबार सेयर बजार २६६७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको भयो ।

५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रह्यो । दुई समूह लगानी र उत्पादनबाहेक सबै घटे । लगानी ०.०८ तथा उत्पादन समूह ०.६८ प्रतिशत बढे ।