९ मंसिर २०८१, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गरेका छन् । अधिकारीले आजै प्रतिनिधिसभा सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले अधिकारीको राजीनामा सोमबार (मंसिर १० गते)देखि लागु हुने गरी स्वीकृत गरेका छन् । संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम भोलिदेखि लागु हुनेगरी उनको स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।