९ मंसिर २०८१, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन् । संसदीय समितिले अस्ट्रेलियाको राजदूतमा यादवलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको थियो ।