महानगरले इमेल र हुलाकबाट पठायो एमालेलाई जरिवाना पत्र

होमल्याण्ड खबर

२०८१ मंसिर १० गते, सोमबार १३:२६ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाइएको छ ।

पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् एमालेलाई पत्र पठाइएको मेयर बालेन शाहको सचिवालयले  जानकारी दिए ।