१३ मंसिर २०८१, बिहीबार
मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईको उकालोमा प्रदेश-२-०३-००१ ख ६७८० नम्बरको मालवाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।
मोबिल बोकेको कन्टेनरले बाटो वारपार पूरै ढाकेको छ । त्यसैले एक घण्टादेखि दर्जनौँको संख्यामा साना-ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कन्टेनर वीरगञ्जबाट काठमाडौँ आउँदै थियो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
अर्यालको भनाइमा दुर्घटनापछि राजमार्गको दुवैतर्फ यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिको छ।