१४ मंसिर २०८१, शुक्रबार
काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई विहीबार बेलुका वयानका लागि काठमाडौं ल्याइएको थियो । आज बिहान करिब साढे ८ बजेदेखि रविको बयान लिइएको हो ।
सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले उनको बयान लिइरहेका छन् ।