अस्पतालका कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत फेला

होमल्याण्ड खबर

२०८१ मंसिर २३ गते, आईतवार १२:१७ मा प्रकाशित

सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी मृत फेला परेका छन् ।

राजविराजकै गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत अन्दाजी ४ ४५ वर्षीय सुधीर कुमार झा झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिएका हुन् ।

झ्यालमा बाँधिएको झाको दुवै खुट्टा भुईँमा देखिएकाले घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।