माछापुच्छ्र्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

होमल्याण्ड खबर

२०७५ मंसिर १९ गते, बुधबार ११:०३ मा प्रकाशित

माछापुच्छ्र्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्र्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब माछापुच्छ्र्रे बैंकका ग्राहकले बैंकका सबै शाखाबाट सानिमा जनरल इन्स्योरेन्सका बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।