कर्णालीले दियो जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८१ पुष ४ गते, बिहीबार १४:१२ मा प्रकाशित

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनायो ।

कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।

बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुईदुई, हर्ष थाकर र शेर मल्लले एकएक विकेट लिए । यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्नेछ ।