आज पनि बढ्यो सुनको मूल्य

होमल्याण्ड खबर

२०८१ पुष ८ गते, सोमबार ११:४५ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।