६ बैशाख २०८२, शनिबार
संसद्को लेखा समिति बैठकमा सोमबार सभापति ऋषिकेश पोखरेलमाथि राजीनामाको दबाब परेको छ।
सहकारीको रकम दुरुपयोगमा श्रीमतीको संलग्नताका कारण लेखा समिति सभापति पोखरेलले मार्गप्रसस्त गर्नुपर्ने माओवादीका सांसद् अमनलाल मोदीले माग गरेका छन्।
बैठकका क्रममा एमाले सांसद् तथा पूर्वमन्त्री योगेश भट्टराईले लेखा समिति सभापति पोखरेलले श्रीमतीलाई लुकाएको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक हुने विश्वास लिएको बताए।
उनले बैठकका क्रममा भने- ‘सभापतिकी श्रीमती अदालत गएर आफ्नो स्पष्टीकरण वा भनाइ राख्नु हुनेछ भन्ने हाम्रो विश्वास हो, लुकाएर राखेको भन्ने आरोपबारे सभापतिले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ।’
एमाले नेता तथा लेखा समितिका सभापति पोखरेलकै पहलमा २०६८ सालमा स्थापना भएको उमागौरी कृषि सहकारीमा १४ करोड ५६ लाख रकम हिनामिना भएको पाइएको थियो। उक्त सहकारीमा पोखरेलपत्नी अञ्जला पोखरेल सञ्चालकको भूमिकामा थिइन्।