सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीलाई तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

होमल्याण्ड खबर

२०७५ मंसिर १९ गते, बुधबार १३:०० मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी कायम गर्ने प्रदेश संसदको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता मनिष कुमार श्रेष्ठसहितका ९ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
रिटमा प्रदेशको भौगोकि आवश्यकता, अनुकुलता, जनआकांक्षा, भौगोलिक अवस्थिति तथा पर्यावरणको संरक्षण र पूर्वाधारसमेतको ख्यान नगरी गोदावरीमा प्रदेश राजधानी तोक्ने निर्णय भएकोमा भन्दै निर्णय कार्यान्वयन नगराउन परमादेशलगायतका उचित आदेश जारी गर्न माग गरिएको छ ।