नेप्सेमा ४.१९ अंकको वृद्धि

होमल्याण्ड खबर

२०८१ पुष ११ गते, बिहीबार १६:०४ मा प्रकाशित

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा चार उपसूचक हरियाली भएको छ ।

उक्त दिन बजारमा बढोत्तरी आउँदा आत्मनिर्भर लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाएको छ ।