२७ फाल्गुन २०८२, बुधबार
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएका अनिल कुमार पोखरेललाई आफ्नो स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई स्वकीय सचिवबाट हटाइएको बताएका हुन्।
अनुसन्धानमा सहयोग पुगोस् भनेर अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरिएको सभापति पोखरेलले उल्लेख गरेका छन्।


एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका-२ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।