३० फाल्गुन २०८२, शनिबार
जेसीबीको ठक्करबाट काठमाडौंमा एक बालिकाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा.२ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका-६ बस्ने पंच कुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।


प्रहरीले जेसिबि चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।