२७ फाल्गुन २०८२, बुधबार
सत्तारुढ दल नेपाली कांग्रेसले नक्कली विज्ञप्तिमा भ्रमित नहुन आग्रह गरेकाे छ ।
सामाजिक सञ्जालमा सरकारले ल्याएको अध्यादेशको विरोधमा कांग्रेसको धारणा भन्दै भाइरल बनाइएपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रमित नहुन जनतालाई आग्रह गरिएकाे छ ।


त्यस्तै, विज्ञप्तिमा यस्ता कार्य गैरकानूनी कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ ।