२७ फाल्गुन २०८२, बुधबार
नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् ।सरकारको कामकारबाही, सेवा प्रवाहका विषयमा शाहीले मन्त्रीहरूसँग जानकारी लिएका हुन् । त्यस क्रममा मन्त्रीहरूले आफूले गरेका कामकारबाहीको ब्रिफिङ गरेका थिए ।
दल नेता शाही र कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले गठबन्धन सरकारको स्प्रीड अनुसार काम गर्न निर्देशन दिए । ‘जनतालाई डेलिभरि दिनुपर्ने कुराहरू, सरकारका काम कारबाही प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिजस्ता विषयमा ध्यान दिनुहोस्,’ दल नेता शाहीले निर्देशन दिए ।


कांग्रेसबाट उद्योग,पर्यटन, वन र वातावरणमन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा विजया बुढा, अर्थमा राजीवविक्रम शाह र सामाजिकमा घनश्याम भण्डारी गरी चार जना मन्त्री छन् ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही सरकारका कामकारबाहीबारे त्यति सन्तुष्ट छैनन् ।