सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

होमल्याण्ड खबर

२०८१ माघ ७ गते, सोमबार १६:४० मा प्रकाशित

सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १६ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

‘माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको छ’, एक मन्त्रीले बताए ।