हामी हाम्रो भविष्य सुधार्न चाहन्छौं : शंकर पोखरेल

होमल्याण्ड खबर

२०८१ माघ ९ गते, बुधबार १६:०० मा प्रकाशित

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीतिगत रुपमा स्थायित्व सोच्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अहिले राजनीतिक अस्थिरता चुनौती बनिरहेको बताए ।

उनले भने, ‘हामीले भविष्यको बारेमा सोच्नुपर्छ । अहिले नीतिगत रुपमा स्थायित्व सोच्नसक्ने अवस्थामा छैनौं । राजनीतिक अस्थिरता चुनौती बनिरहेको छ ।

हाम्रो भविष्य सधैं यस्तै रहन्छ भन्ने होइन ।  । सुधार्नुपर्छ । त्यो हिसाबले सोच्नुपर्छ। सभ्य र विकशित राष्ट्र निर्माण गर्ने कुरामा यातायात क्षेत्रको प्रगति हुनुपर्छ ।’

समृद्ध नेपाल, सुखी नेपाली बनाउनको लागि पनि यातायात क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।