२७ फाल्गुन २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
आइतबार सभामुख देवराज घिमिरेले सत्तारूढ दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। उनले आइतबार नै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्दै छन्।

