तोलामा ३ सय घट्यो सुन

होमल्याण्ड खबर

२०८१ माघ १४ गते, सोमबार ११:०५ मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको  छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।