२९ फाल्गुन २०८२, शुक्रबार
नागार्जुन नगरपालिका, १ रानीवनस्थित बाटिका स्कुल काठमाडौंको १८ औं अभिभावक दिवस सम्पन्न गरेको छ। विद्यालयका प्राचार्य युवराज बस्ताकोटिको सभापतित्व तथा प्रमुख अतिथी स्वास्थ्य मन्त्री प्रदीप पौडेल, बिशिस्ट अतिथी पुर्व शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा १८ औं बार्षिक दिवस तथा नयाँ भवन उद्घाटन भएको हो।
शैक्षिक तथा प्राज्ञिक नेतृत्वले सञ्चालन गरेको बाटिका विद्यालय उत्कृष्ट शैक्षिक विधि अबलम्बन गर्दै विद्यार्थी तथा अभिभावकहरुको मन जित्दै आएको छ। विद्यालयले विद्यार्थी संख्या बढाउन भन्दा पनि शैक्षिक गुणस्तरमा जोड दिएको प्रधानाध्यापक युवराज बस्ताकोटीले बताए । विद्यार्थीहरूबाट संकलित शुल्कले उनीहरूलाई नै सेवा तथा सुविधा प्रदान गर्न उपयोग भइरहेको छ। मन्तव्यको क्रममा बाटिका स्कुललाई नेपालकै नमुना शैक्षिक संस्थाका रुपमा विकास गर्ने आफ्नो सपना रहेको प्राचार्य बस्ताकोटीले सुनाए।


स्कुललाई परिवर्तित नाम बाटिका बनाउनसम्म सफल बनाउनु हुने सम्पूर्ण शिक्षक शिक्षिकाहरू तथा अभिभावकहरुले दिएको योगदानप्रति प्राचार्य बस्ताकोटिले आभार प्रकट गरेका छन्।

नयाँ भवन उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निजी विद्यालयलाई राज्यले लगानी नगरेको र आफ्नै लगानीमा सञ्चालनमा रहेकाले निजी विद्यालयलाई समस्या हुनेगरी आवेगको भरमा कुनै निणर्य नगरीने बताए। बाटिका स्कुलले भरपर्दो विश्वास आर्जन गर्न सफल भएकाले पूर्वाधारहरूसँगै विद्यार्थीहरूको संख्या पनि वृद्धि हुँदै गएको कुरा उल्लेख गर्दै उनले भने विद्यालयले शिक्षासँगै स्वास्थ्य सम्बन्धी चेतना फैलाउनका लागि पनि विशेष ध्यान दिन अनुरोध गरे।
यस कार्यक्रममा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा र स्वास्थ्यलाई संविधान भित्रको मौलिक हकको रुपमा ब्याख्या गरेको बर्ताए। शिक्षा र स्वास्थ्य नागरिकको साझा बिषय हो। पुर्व मन्त्री पौडेलले भने, आमाको कोखबाट जन्मिसकेपछी हाम्रो संविधानले शिक्षा र स्वास्थ्यलाई अनिवार्य राज्यको दायित्वको रुपमा प्रकट गरेको छ ।ु पुर्वमन्त्री पौडेलले निजी विद्यालयले नेपालको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको महत्वपूर्ण रहेको बताए। पौडेलले शिक्षण सिकाइ प्रक्रियामा आफूले गर्न सक्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन सधै तयार रहेको पनि बताए।
विद्यालय भवन उद्घाटनको अवसरमा विद्यालयको शैक्षिक स्तर र सुविधाहरूको पनि अवलोकन गरिएको थियो, जसले आगामी दिनहरूमा विद्यालयको स्तर र विद्यार्थीहरूको शैक्षिक प्रगति सुनिश्चित गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक शिक्षिकाहरू र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा खेलकुदमा सहभागी तथा बिजेता विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो।
