७ बैशाख २०८२, आईतवार
सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार यता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५०० कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, शनिवार सोही पनि सोही मूल्य कायम भएको सुनको मूल्य आइतबार र सोमबार पनि समान मूल्य निर्धारण भएर कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।