२७ फाल्गुन २०८२, बुधबार
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था र अवस्था बदल्न आन्दोलन मार्फत धक्का दिनुपर्ने समय आएको तर्क गरेका छन् ।
पार्टीको बैठकमा बोल्दै थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने समेत चिन्ता व्यक्त गरे ।


अब मार्गचित्र नबदले मुलुक बच्न र बन्न गाह्रो भो’, थापाले थपे । गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताको अनावश्यक भारी बोकेर देश नबन्ने दाबी गर्दै थापाले अब यो बाटो परिवर्तन गर्न जनता जाग्नु पर्ने बेला आएको बताए ।
थापाले एजेन्डा स्थापित गर्ने समय अनुकूल भएको र आन्दोलन मार्फत धक्का दिनुपर्नेमा जोड दिए ।