दुईवटा विधेयक पेश गरेर राष्ट्रियसभा बैठक स्थगित

होमल्याण्ड खबर

२०८१ माघ २४ गते, बिहीबार १४:२७ मा प्रकाशित

राष्ट्रियसभा बैठकमा दुईवटा विधेयकहरू प्रस्तुत भएका छन् । बिहीबार बसेको बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ पेश गरेकी हुन्।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ प्रस्तुत गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक आइतबार अपरान्ह १ बजेर १५ मिनेट बस्नेछ।