१०० रुपैंयाले बढ्याे सुनको मूल्य

होमल्याण्ड खबर

२०८१ माघ २७ गते, आईतवार १२:१७ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो तोलामा एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।