धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

होमल्याण्ड खबर

२०८१ माघ ३० गते, बुधबार १०:५८ मा प्रकाशित

कैलालीको धनगढीस्थित चौराह सडकमा हरहर महादेव भन्दै चक्कु बोकेर हिँड्दै गरेका युवाले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ती व्यक्ति धनगढी उपमहानगरपालिका १४ का ३६ वर्षीय टेकबहादुर टमटा भएको खुलेको छ।

कैलाली प्रहरीले टमटालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।