नागढुंगाबाट ३१८ ग्राम सुनसहित दुई भारतीय पक्राउ

होमल्याण्ड खबर

२०८१ फाल्गुन १ गते, बिहीबार १२:३७ मा प्रकाशित

सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । बाप्र ०१–००२ ख ०५४२ नम्बरको यात्रु बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।