कैलाश विकास बैंकको धरान र जितपुरमा शाखा स्थापना

होमल्याण्ड खबर

२०७५ मंसिर २३ गते, आईतवार १५:४८ मा प्रकाशित

कैलाश विकास बैंकले सुनसरी जिल्लाको धरान र कपिलवस्तु जिल्लाको ४ नं. जितपुरमा आफ्नो नयाँ शाखा स्थापना गरी शुक्रबारदेखि कारोबार शुभारम्भ गरेको छ ।

धरान शाखाको शुभारम्भ प्रदेश नं १ का आर्थिक मामला तथा योजनामत्री इन्द्रबहादुर आङ्वोबाट र कपिलवस्तुको ४ नं. जितपुर शाखाको शुभारम्भ प्रदेश नं ५ का सांसद विष्णुप्रसाद पन्थीबाट गरिएको बैंकका प्रमुख कार्याकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । यी दुई नयाँ शाखासहित बैंकको शाखा संख्या ७६ पुगेका छन् भने एटीएम संख्या २८ पुगेका छन् ।

बैंकले निकट भविष्यमा धनुसा जिल्लाको शखुवा महेन्द्रनगर, रौतहट जिल्लाको गौशाला, सिराहा जिल्लाको सिराहाबजार, पर्सा जिल्लाको पोखरिया सुनसरी जिल्लाको देवानगञ्ज तथा अन्य विभिन्न ठाउँहरूमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।