कांग्रेस नेता पुरूषोत्तम ढुंगेल राप्रपा प्रवेश

होमल्याण्ड खबर

२०८१ फाल्गुन २ गते, शुक्रबार १०:५१ मा प्रकाशित

विवेकशील साझा छाडेर नेपाली कांग्रेस प्रवेश गरेका पुरूषोत्तम ढुंगेल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

ढुंगेल २०७९ असोज १३ गते विवेकशील साझा छाडेर कांग्रेस प्रवेश गरेका थिए। उनलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले त्यसबेला कांग्रेसमा प्रवेश गराएका थिए।

ढुंगेल कांग्रेस छाडेर बिहीबार राप्रपा प्रवेश गरेका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतले ढुंगेललाई धुम्बाराहीमा आयोजित कार्यक्रममा राप्रपा प्रवेश गराएका हुन्।

ढुंगेल २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ को २ मा उम्मेदवार बनेका थिए।

ढुंगेललाई पार्टी प्रवेश गराउँदै अध्यक्ष लिङ्देनले देश बचाउने र देश बनाउने अभियानमा राप्रपा निरन्तर क्रियाशील रहेको बताए।