२९ फाल्गुन २०८२, शुक्रबार
कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटघाटमा अस्पतालले रोक लगाएको छ ।
अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको बताएको छ ।


अस्पतालका अनुसार पौडेल र आचार्यको अवस्था सुधारोन्मुख छ । आज घाउको ड्रेसिङ गरिने अस्पतालले जनाएको छ ।
शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।
उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराइएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
काठमाडौंस्थित कीर्तिपुर अस्पतालको आईसीयूमा उनीहरूको उपचार भइरहेको छ ।