आज कति पुग्याे सुनकाे भाउ ?

होमल्याण्ड खबर

२०८१ फाल्गुन ९ गते, शुक्रबार ११:४८ मा प्रकाशित

स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ ।

आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।